
काठमाडौँ- सुनको मूल्यले कीर्तिमान बनाएको छ । आज सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ ।
आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



















