
डोटी- डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पूर्वीचौकी गाउँपालिका-७ बगडाका ६२ वर्षीय शंकर साउँदलाई प्रहरीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
सोही वडाको टोट्केबाँझ स्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा आइतबार बिहान प्रहरी चौकी साना गाउँबाट खटिएको टोलीले एकनाले बन्दुकसहित साउदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















