काठमाण्डौँ- सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । आज सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


















