डडेल्धुरा- डडेल्धुरामा दार्चुलाकी किशोरी मृत फेला परेकी छन् । बुधबार डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका-४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार महाकाली नदी किनारमा शव फेला परेको हो । उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाइ छ ।