मुलुक जोगाउन दुई ठूला दल मिल्यौ : पूर्वअर्थमन्त्री महत

डडेल्धुरा – नेपाली कांग्रेसका नेता डा.प्रकाश शरण महतले मुलुक जोगाउन दुई ठूला दल मिलेको बताएका छन । सोमबार डडेल्धुराको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दल कांग्रेस –एमालेबीच सहकार्य भएको बताएका हुन्

maya metro hospital

‘थोरै समयमा पटक–पटक सत्ता परिवर्तन भयो । प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माण भयो,’ पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन्। तर कतिपयले दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन्। मलाई यो परिस्थितिले निम्त्याएको परिणाम हो ।’

उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे । जनतालाई निराशा पर्ने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.