खाेज्नुहाेस

डोटीका ६ विद्यालयमा शैक्षिक सामग्री वितरण

Image

डोटी- डोटीका ६ ओटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका-५ का ६ ओटा विद्यालय र १८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

navjiwan hospital

बुधबार युनाइटेड मिसन टु नेपाल तथा समान पहुँच विकास केन्द्र (सिड) नेपालको संयुक्त साझेदारी र वडा कार्यालयको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको थियो । बालबालिका उत्थानशील विकास परियोजना अन्तर्गत दर्जाकोट माद्यामिक विद्यालय, मोहन्याल, नवज्योति, दिर्घेस्वरी, उवादेउ, र भीष्म आधारभूत विद्यालयलाई र १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री र पाँच ओटा बाल क्लबलाई सांस्कृतिक सामग्री वितरण गरिएको परियोजनाका सामाजिक परिचालक अनिल बमले बताए ।

attariya hospital

विद्यालयलाई शैक्षिक सिकाइ सामग्री, १८ जना बालबालिकालाई प्रति एक जना एक थान स्कुल झोला, ३ दर्जन कापी, ३ पाकेट डटपेन तथा विद्यालय पोसाक र प्रति एक बाल क्लबलाई २/२ थान सांस्कृतिक पोसाक (दाउरा, सुरुवाल, गुन्यु चोली र ढाँक टोपी) र १/१ थान भलिबल, नेट र पम्प गरी एक लाख ३२ हजार बराबरको सामग्री वितरण गरिएको उनले बताए ।