खाेज्नुहाेस

डडेल्धुरामा भिरबाट लडेर एक जनाको मृत्यु

Image
navjiwan hospital

डडेल्धुरा- डडेल्धुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नवदुर्गा गाउँपालिका–४ का ४३ वर्षीय रनिबहादुर साउँदको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार सोही ठाउँको मुस्याधारा भिरबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका उनको शुक्रबार उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । विद्यार्थीहरुले उनलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

attariya hospital