खाेज्नुहाेस

अपि सैपाल सहकारीको साधारण सभा सम्पन्न, १४ लाख मुनाफा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच संस्थाको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा र नगरपालिकाका प्रवत्ता गोपाल दत्त भट्ट रहेका थिए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्रीले प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा ६ करोड ८६ लाख २४ हजार ६९१ रुपैया को कारोबार गरेको छ । जसवाफत संस्थाले १४ लाख १५ हजार २६० रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६६ सालमा २६ जना शेयरसदस्यबाट सञ्चालीत सहकारीमा हाल ३ हजार १५ जना शेयरसदस्यहरु रहेका छन भने संस्थाको शेयरपुँजी १ करोड ४५ लाख ६७ हजार १ सय रुपैया रहेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ५ करोड ९८ लाख ७६ हजार ९२४ रुपैया ऋण लगानी गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार संस्थामा निक्षेप बचत ४ करोड ५० लाख ६९ हजार ९९७ रुपैया, बैंक मौज्दात २७ लाख ७१ हजार ५६४ रुपैया र नगद मौज्दात ९ लाख २ हजार ३५८ रुपैया रहेको छ । संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज शर्माले गरेका थिए । संस्थाले कैलालीकै खानीडाँडामा रहेको सेवा केन्द्रमा शुक्रबार साधारण सभा आयोजना गर्ने जनाएको छ ।