
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने ३८ वर्षका जङ्गबहादुर बम बेपत्ता भएका छन् । अलि सुस्त मनस्थितिका उनी शनिबार दिउँसोदेखि सम्पर्कबिहीन भएका उनका भाइ कैलाश बमले बताए ।
हिजो दिउँसो ३ बजेतिर गेटा मेडिकल कलेजनिर देखिएका उनी त्यहाँबाट कहाँ गए भन्ने थाहा हुन नसकेको कैलाशले बताए । उनलाई कहीँ कतै भेटाए नजिकको प्रहरी वा ९८४८५३२८०७ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

















