खाेज्नुहाेस

मोहन्यालका किशोरीहरूलाई सीप सँग जोड्न छलफल

Image

अत्तरिया – कैलालीको मोहन्यालका किशोरीहरूलाई सीप विकास सँग जोड्नको लागि छलफल गरिएको छ । शुक्रवार युनिसेफको आर्थिक सहयोगमा निड्न नेपालले मोहन्याल गाउँपालिका सँगको समन्वयमा सुदूरपश्चिम बाल विवाह न्यूनीकरण परियोजना अन्तरगत छलफल गरेको हो ।

navjiwan hospital

किशोरीहरूको व्यावसायिक सीप विकासका लागि सरोकारवाला बिच सीप विकासका लागि सम्बन्ध तथा समन्वय विस्तार गर्न छलफल गरिएको थियो । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवी दत्त उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोजगारदाता, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको परियोजनाकी सामाजिक परिचारिका लक्ष्मी विकले बताइन । कार्यक्रममा युनिसेफका बाल सरक्षण अधिकृत प्रकाश कैनीले उदेश्य माथी प्रकाश पारेका थिए ।

attariya hospital

कार्यक्रम मोहन्याल गाउँपालिका ३ शान्ति माविमा आयोजना गरिएको थियो ।

सुदूरपश्चिम बाल विवाह न्यूनीकरण परियोजना हाल कैलालीका मोहन्याल, चुरे गाउँपालिका सँगै गोदावरी नगरपालिकामा सञ्चालनमा रहेको छ ।