खाेज्नुहाेस

रानीजमराबाट विद्युत् उत्पादन बन्द

Image

कैलाली – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तरगत निर्माण गरिएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि विद्युत उत्पादन बन्द भएको हो ।

navjiwan hospital

विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेकाले विद्युत् उत्पादन एक महिनादेखि बन्द भएको तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले बताए । उनले सामान भारतबाट ल्याउने पर्नु भएकाले मर्मतमा ढिलाई भएको बताए । एक हप्ताभित्र सामान पुग्ने भएकाले त्यसपछि विद्युत उत्पादन नियमित हुने उनको भनाइ छ ।

attariya hospital

उक्त विद्युत आयोजनाबाट ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि हाल ३ दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

पूर्णरूपमा अझै विद्युत् उत्पादन हुन नसकेकाले अझै निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले बताए ।