अत्तरियामा किशोरीहरुको व्यवसायीक सिप विकासका लागि छलफल

maya metro hospital
अत्तरिया – कैलालीको अत्तरियामा उद्यमशीलता सोच विकास भएका किशोरीहरूको व्यवसायीक सिप विकासका लागि छलफल गरिएको छ । बुधवार युनिसेफको आर्थिक सहयोगमा निड्न नेपालले गोदावरी नगरपालिका सँगको समन्वयमा सुदूरपश्चिम बाल विवाह न्यूनीकरण परियोजना अन्तरगत सरोकारवाला बिच सिप विकासका लागि सम्बन्ध तथा समन्वय विस्तार गर्न छलफल गरेको हो ।
attariya hospital
छलफल कार्यक्रममा निड्सले सञ्चालन गरेको रूपान्तरण कक्षामा समावेश भएका तर विद्यालय बाहिर रहेका किशोरीहरूलाई कसरी व्यवसायीक बनाउने भन्ने विषयमा छलफल भएको थियो । ती किशोरीहरू विद्यालय बाहिर रहेकाले बाल विवाहको समेत जोखिममा रहेकाले उनीहरूलाई सीप विकासका कार्यक्रममा पालिका सँग कसरी जोड्न छलफल गरिएको परियोजनाका संयोजक टेक विकले बताए । उनले पालिका सँगको छलफलमा विद्यालय बाहिर रहेका अन्य किशोरीलाई पनि कसरी सिप सँग जोडेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए ।
युनिसेफका बाल संरक्षण अधिकृत प्रकाश कैनीले पालिकाहरूले भौतिक पूर्वाधार मानवीय विकासमा पनि जोड दिनुपर्ने बताए । उनले भयरहित, त्रासरहित, शोषणमा नपरेको, उपेक्षामा नपरेको बालबालिका बनाउन सके भविष्यमा देशकै लागि असल नागरिक उत्पादन हुने बताए । उनले बाल संरक्षण सम्बन्धी युनिसेफले तिनै तहका सरकारको सहयोगीको भूमिकामा विभिन्न संघ संस्था सँग मिलेर काम गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकायाले विद्यालय बाहिर रहेका किशोर किशोरीहरूले चाहे अनुसारको सिप दिनका लागि नगरपालिकाले पहल गर्ने बताइन् । उनले सिप विकासका लागि नगरपालिकाबाट दिइने तालिमलाई प्रभावकारी बनाउने गरी आगामी दिनमा काम गरिने बताइन् ।
गोदावरी नगरपाकिलाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, विभिन्न शाखाका कर्मचारी लगायत विभिन्न उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन निड्सकी सामाजिक परिचालक लक्ष्मी लुहारले गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.