खाेज्नुहाेस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Image

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

navjiwan hospital

शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

attariya hospital

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।