खाेज्नुहाेस

विराज भट्टको ‘१२ गाउँ’ फूलपातिमा रिलिज हुने

Image

काठमाडौँ- विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ दसैंको फूलपातिमा रिलिज हुने भएको छ । निर्देशक भट्टले मंगलबार पोस्टर सार्वजनिक गर्दै ‘१२ गाउँ’ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।

navjiwan hospital

विराजले छोरा समीरको एक्सन लुक समेटिएको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘लामो समय देखि सिनेमा क्षेत्रमा काम गर्दै दर्शकले मलाई एक्सन फिल्ममा साथ दिदैं गर्दा नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यसपटक १२ गाउँमार्फत मैले त्यो प्रयास गरेको छु । यसमा समीर भट्टले पनि लामो समयदेखि आफ्नो अभ्यासलाई दसौँ वर्ष एउटा तपस्वी जस्तै निरन्तरता दिएको छ । मलाई आशा छ दर्शकको माया, साथ र आशीर्वाद १२ गाउँ लाई मिल्ने छ ।’

attariya hospital

पोस्टरमा टिजर चाँडै आउने जनाइएको छ । यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । फूलपाति अर्थात असोज २४ मा ‘१२ गाउँ’ सहित ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुँदैछन् ।