खाेज्नुहाेस

बहुप्रतीक्षित फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक

Image

भारतीय बहुप्रतीक्षित फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘रामायण’को ट्रेलर बिहीबार बिहान रिलिज गरिएको हो। चार मिनेटभन्दा लामो ट्रेलरमा रणवीर कपूर (भगवान राम), साई पल्लवी (सीता) र यश (रावण) प्रमुख रूपमा देखिएका छन्।

ट्रेलरको सुरूआत नै रावणको भूमिकामा रहेका यशबाट हुन्छ, र उनको उग्र तथा शक्तिशाली अवतारले दर्शकको विशेष ध्यान खिच्ने देखिन्छ। धेरै कलाकारले यसअघि रावणको भूमिका निर्वाह गरे पनि यशको प्रस्तुति फरक र प्रभावशाली रहेको प्रतिक्रिया आएको छ।

attariya hospital
navjiwan hospital

रणवीर कपूर रामको भूमिकामा शान्त, संयमित र दिव्य देखिएका छन् भने साई पल्लवी सीताको भूमिकामा स्वभाविक र विश्वसनीय देखिन्छिन्। लारा दत्ता, रकुल प्रीत सिंह, रवि दुबे, अरूण गोविललगायत पनि ट्रेलरमा देखिएका छन्। तर हनुमानको भूमिकामा रहेका सनी देओल भने यस ट्रेलरमा समावेश छैनन्।

फिल्मको भव्य सेट, दृश्य प्रभाव र थ्रीडी प्रस्तुति ट्रेलरका मुख्य आकर्षण हुन्। नितेश तिवारी निर्देशित ‘रामायण’ का निर्माता नमित मल्होत्रा हुन् भने संगीत ए.आर. रहमान र हान्स जिम्मरले दिएका छन्। यो फिल्म दुई भागमा निर्माण भइरहेको छ। पहिलो भाग सन् २०२६ को दिपावली र दोस्रो भाग सन् २०२७ को दिपावलीमा प्रदर्शनमा आउनेछ।