खाेज्नुहाेस

बेलायतले भिसा नदिएपछि के भने सञ्जयले ?

Image

मुम्बई । केही समयअघि बलिउड अभिनेता सञ्जय दत्तलाई फिल्म ‘सन अफ सरदार २’ बाट हटाइएको खबर आएको थियो । फिल्मको अधिकांश छायाङ्कन हुने बेलायतको लागि भिसा नभएको कारण उनलाई चलचित्रबाट हटाइएको बताइएको थियो ।

तर, भारतीय सञ्चार माध्यम दैनिक भास्करले भने स्रोतको हवाला दिँदै सञ्जयलाई फिल्मबाट नहटाइएको, बरु उनी भारतमै बसेर आफ्नो भागको सुटिङ गरिरहेको समाचार प्रकाशन गरेको छ। यसैबिच अब सञ्जयले पनि बेलायतको भिसा नपाएकोमा आफ्नो धारणा राखेका छन् ।

attariya hospital

उनले भिसा नदिनु गलत भएको बताउँदै उनले आफ्नो आवश्यक कागजात पनि बुझाएको बताएका छन् । उनले यसअघि आफूले भिसा पाएको तर पछि रद्द भएको खुलासा गरेका छन् ।

सञ्जयले भने– बेलायत सरकारको यो निर्णयबाट म दुःखी छु । बम्बे टाइम्ससँग कुरा गर्दै सञ्जय दत्तले यो निर्णयबाट आफू दुखी भएको बताए । अभिनेताले बेलायत सरकारले सही काम नगरेको जिकिर गरे ।

navjiwan hospital

उनले भने, ‘सुरुमा मलाई भिसा दिएका थिए । बेलायतमा सबै तयारी भएको थियो। तर एक महिनापछि मेरो भिसा रद्द भयो। त्यहाँको सरकारले मलाई पहिले भिसा किन दियो ? कि त उनीहरूले मलाई सुरुमा नै भिसा दिनु हुँदैनथ्यो। कानुन बुझ्न उनलाई एक महिना कसरी लाग्यो ?’

फिल्ममा सञ्जयको स्थानमा रवि किशनलाई कास्ट गरिएको खबर पनि आएको थियो । अभिनेतालाई यसबारे सोध्दा उनी मौन रहे र यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

उनले थप भने, ‘उनीहरू (बेलायत सरकार) ले गलत गरेका छन् । उनीहरूले यसलाई सुधार गर्न आवश्यक छ। म कानुन पालन गर्ने नागरिक हुँ। म कानुनको पालना गर्छु र हरेक देशको कानुनको सम्मान गर्छु।’

हालै अजय देवगनले फिल्मको सुटिङ सुरु गर्ने औपचारिक घोषणा गरेका थिए । सञ्जय दत्तलाई फिल्मबाट हटाएको खबरको बिचमा अजयले पनि सञ्जयलाई आफ्नो पोस्टमा ट्याग गरेका छन् । सञ्जयसँगै अजयले रवि किशनलाई पनि पोस्टमा ट्याग गरेका छन् । जसबाट सञ्जय र रवि किशन दुवै फिल्ममा सँगै देखिने स्पष्ट हुन्छ ।

हालैको मिड डेको रिपोर्टमा एक स्रोतलाई उद्धृत गर्दै सन् १९९३ मा भएको बम विस्फोटमा पक्राउ परेपछि सञ्जय दत्तले धेरै पटक बेलायतको भिसाका लागि आवेदन दिएका थिए । तर हरेक पटक उनको भिसा अस्वीकार गरिएको थियो।