डोटीबाट पेटारो सहितको टोली बडीमालिका प्रस्थान

डोटी –डोटीको सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली बडीमालिका प्रस्थान गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै बडीमालिका प्रस्थान गरेको हो ।

maya metro hospital

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई गरेका थिए । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट सोमबार विदाई गरिएको थियो । टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ । डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ ।

attariya hospital

परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । त्यसै अनुरुप जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरकारी पेटारो बडीमालिकाका लागि पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.