खाेज्नुहाेस

बेलौरीमा कृषक जागरण सहकारीको कार्यालय उद्घाटन

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा कृषक जागरण कृषि सहकारी सस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ । शनिबार बेलौरी नगरपालिका – १० भुडा गौडिमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सहकारी सस्थाको कार्यालय उद्घाटन गरेका हुन ।

navjiwan hospital

२०७६ सालमा माघ १२ स्थानीय किसानहरुले ‘जनजागरण कृषक समुह’ नामबाट शुरु गरेको कृषक समुह बिस्तारीत हुदै सहकारीमा रुपान्तरण भएको कृषक जागरण कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष हिक्मत चन्दले बताए ।

attariya hospital

‘स्थानीय किसानको समुहले २०७६ सालमा कृषक समुह खोल्यौ, पछि २०७८ मा स्थानीय सरकारबाटै सहकारीको अनुमती पायौ ’ अध्यक्ष चन्दले भने ‘अनुमति पाए पनि कृषक समुहकै तवरले संचालन गर्दै आएका थियौ, पछि सेयर सद्स्य बढ्दै गएपछी कार्यालय खोल्न सफल भयौ ।’ उनले सहकारीमा ३८ जना सेयर सदस्य जोडिएको बताए ।