खाेज्नुहाेस

बेलौरीको भुडागौडिमा कृषक जागरण कृषि सहकारीको कार्यालय उद्घाटन

Image

सन्तोष पन्त/बेलौरी – कञ्चनपुरको बेलौरीमा कृषक जागरण कृषि सहकारी सस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ । शनिबार बेलौरी नगरपालिका –१० भुडा गौडिमा अवस्थीत उक्त संस्थाको कार्यालय बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले उद्घाटन गरेका हुन ।

navjiwan hospital

२०७६ सालमा १०/१२ स्थानीय किसानहरुले ‘जनजागरण कृषक समुह’ नामबाट शुरु गरेको कृषक समुह बिस्तारीत हुदै सहकारी तवरले सेवा दिन शुरु गरेको कृषक जागरण कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष हिक्मत चन्दले बताए । ‘स्थानीय किसानको समुहले ०७६ सालमा कृषक समुह खोल्यौ, पछि २०७८ मा स्थानीय सरकारबाटै सहकारीको अनुमती पायौ’ अध्यक्ष चन्दले भने ‘अनुमति पाए पनि कृषक समुहकै तवरले संचालन गर्दै आएका थियौ, पछि सेयर सद्स्य बढ्दै गएपछी कार्यालय खोल्न सफल भयौ ।’

attariya hospital

शनिबारदेखी स्थानीय किसानहरुलाइ सहकारी तवरकै सेवा प्रदान गरिने अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दका अनुसार अहिलेसम्म ३८ जना सेयर सद्स्य उक्त सहकारीमा जोडिसकेका छन । सेयर सद्स्य बन्न चाहे ५ सय रुपैयाँ भन्दा बढी चाहे अनुसार बचत गर्न सकिने उनको भनाई छ । सहकारी संचालनमा आएपछी किसानले आफुले कमाएको पैसा बचत गर्न पाउने तथा सहजै मल, बीउ बिजन र कृषी सामाग्री पाउन सक्ने अध्यक्ष चन्दले बताए ।