कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जना बालकमा दादुरा–रुबेला देखिएको छ । नगरपालिकाको वडा नं. ११ का ८ वर्ष १० महिनाका एक र २२ महिनाका १ बालकमा दादुरा–रुबेला देखिएको हो ।

२२ महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन ।


दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको बताईएको छ ।

















