खाेज्नुहाेस

टीकापुर अस्पतालको प्रशासनमा तालाबन्दी, आकस्मिक बाहेकको सेवा बन्द

Image

अत्तरिया – कैलालीको टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । सोमबार अस्पतालको प्रशासनिक भवनमा मृतक पदम बहादुर बोहराका आफन्तले तालाबन्दी गरेपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै असार १ गते राती अस्पतालमा उपचारका लागि आएका बोहरालाई धनगढी रेफर गरेपछि बाटोमा मृत्यु भएको घटनामा उनका आफन्तले अस्पतालको प्रशासनिक भवनमा तालाबन्दी सँगै धम्की दिएपछि असुरक्षित महसुस गरेर सेवा बन्द गरेको जनाइएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

विज्ञप्तिमा भनिएको छ ‘मधुमेह र उच्च रक्तचापको दीर्घ बिरामी स्व. पदम बहादुर बोहरा यस अस्पतालबाट प्रेषण (रेफर) भए पस्चात धनगढी जाने क्रममा बाटोमा अकल्पनीय निधन भएको घटनाको विषयमा छानबिन समिति गठन भई छानबिन प्रक्रिया चलिरहेकै अवस्थामा आज दिउँसो १ बजेको समयमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आफन्तको समूहद्वारा यस टीकापुर अस्पतालको प्रशासनिक भवनमा आई अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई कालो मोसो लगाउँछौ भनी धम्की दिई तथानाम गालीगलौज समेत गरेको, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू माथि समेत हातपात गर्न खोजेको र कार्यालयमा तालाबन्दी गरी अध्यक्षलाई बन्धक बनाइएको परिस्थितिले उत्पन्न डर, वास र भयको वातावरणले यस अस्पतालका सम्पूर्ण चिकित्सक र कर्मचारीहरूलाई असुरक्षित महसुस भएकाले सो घटना प्रति घोर भर्त्सना गर्दै हामी बाध्य भई अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा हाल यो अवस्था सामान्य नभए सम्म, सम्बन्धित पक्षद्वारा माफी नमागे सम्म र अस्पतालमा अराजक गतिविधि गर्ने दोषीलाई कानुन बमोजिम कारबाही नगरे सम्मका लागि बन्द रहने ब्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौ ।’

विज्ञप्तिमा सम्पूर्ण चिकित्सक र कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभूति गराइदिन समेत आग्रह गरिएको छ ।

attariya technical collage