अत्तरिया- धनगढीमा लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन् ।

सोमबार कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जय गुरु गणेश ईट्टा भट्टिमा काम गर्ने घुइयाघाट बस्ने ३० वर्षका नाटुल भन्ने राममिलन राना, सोही ठाउँका ३४ वर्षका राजेश राना, धनगढी-३ बडरा घर भई घुइयाघाट बस्ने २४ वर्षका सन्नि चौधरी र धनगढी-८ धनगढी गाउँ बस्ने २२ वर्षका अर्जुन पार्की पक्राउ परेका हुन् ।

उनीहरुलाई शंका लागी चेकजाँच गर्दा ६६० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले बताएको छ ।


















