अत्तरिया- दार्चुलामा घाँस काट्दै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो ।
साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए ।