खाेज्नुहाेस

कञ्चनपुरमा झण्डै ७ लाखको अवैध सामानसहित एक जना पक्राउ

Image
file photo
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले झण्डै ७ लाखको अवैध सामान बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पाँच लाख ७५ हजार पाँच सय ४ रुपैयाँ र इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख ९५० गरेर करिब ६ लाख ७६ हजार ४५४ मूल्यको अवैध सामान नियन्त्रणमा लिएको हो ।

एक थान मोटरसाइकल, औषधी, मदिरा, चप्पल, सुट, कुर्ती, तेल, चिनी र हार्डवेयरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । साथै भन्सार छलीमा संलग्न एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

attariya hospital