खाेज्नुहाेस

सुदूरपश्चिमका थोरै स्थानमा हुन सक्छ भारी वर्षा

Image

अत्तरिया- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

navjiwan hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

attariya hospital

आज कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा मधेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।