खाेज्नुहाेस

बझाङमा जंगली च्याउ खाँदा एकै घरका ३ जना विरामी

Image

बझाङ – बझाङमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका – ४ का ४० वर्षिय तिलक पुजारा सहित उनका छोराहरु १२ वर्षिय दर्शन पुजारा र ५ वर्षिय शुभम पुजारा जंगली विषालु च्याउ खादा विरामी परेका हुन ।

navjiwan hospital

शुक्रबार दिउँसो विषालु च्याउ खाएर बेहोस भएका उनिहरुलाई तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

attariya hospital

तिलक र शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । उनीहरू दुबैको अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए । तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचारपश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको उनको भनाइ छ ।