बैतडी – बैतडीमा बाख्रा चराउन गएकी एक बालिका बेपत्ता भएकी छन । बिहिबार महाकाली किनारतिर बाख्रा चराउन गएकी जिल्लाको पञ्चेश्वर गाउँपालिका – २ डिम्बरकी ममता मंगोला बेपत्ता भएकी हुन ।

महाकाली नदि किनारमा बाख्रा चराउन गएकी १५ वर्षिया ममता बिहिबार दिउँसो साढे २ बजेदेखी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरपरिवार र स्थानीयहरुले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि प्रहरीलाई भने शुक्रबार बिहान मात्रै खबर आएको बताईएको छ ।

बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।