खाेज्नुहाेस

त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये १५ शव भेटिए

Image

काठमाडौँ- त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १५ शव भेटिएका छन् । १५ मध्ये आठ शवको परिचय खुलेको सशस्त्र प्रहरीले बताएको छ ।

navjiwan hospital

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँका लागि छुटेको एञ्जल डिलक्स र काठमाडौँबाट गौरका लागि छुटेको गणपति डिलक्स बस पहिरोले बगाएर सिमलतालबाट त्रिशूली नदीमा खसेका थिए ।

attariya hospital

दुबै बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए । बेपत्ता ६२ जनामध्ये ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन् । बससहित बेपत्ता यात्रुहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।