धनगढी – कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलालीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लाको १३ वटै स्थानीय तहका ३६ हजार ९ सय १६ बालबालिकालाई खोप लगाएपछि जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशिसतोष श्रेष्ठले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समितिका संयोजक खगराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

















