खाेज्नुहाेस

टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु

Image

टीकापुर – कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ । मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको हो ।

navjiwan hospital

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी डाइलासिसका लागि अस्पतालमा छुट्टै कक्ष निर्माण गरिएको बताए । सो कक्षमा पाँच वटा बेड र एउटा आरो प्लान्ट लगायत सुविधा रहेका छन् ।

attariya hospital

मिर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डाक्टर सन्देश पण्डितले जानकारी दिए ।