खाेज्नुहाेस

जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

Image

रौतहट- रौतहटको गढीमाई नगरपालिका६ मा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

navjiwan hospital

भारतीय नम्बर एचआर ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

attariya hospital

रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।

दुर्घटनापश्चात ३ जना अस्पताल गएका र अन्य सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।