
डोटी- डोटीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । दिपायल नगरपालिकाको गोपघाट बजारमा से २ प २६१ नम्बरको ट्याक्टले ठक्कर दिँदा शिखर नगरपालिका–८ का १४ वर्षीय सुदीप बलायर घाइते भएका प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार साइकलमा सवार उनलाई बाजुरादेखि धनगढीतर्फ आइरहेको बुढीनन्दाका २८ वर्षीय चक्र खड्काले चलाएको ट्याक्टले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।


















