खाेज्नुहाेस

कञ्चनपुरको एक घरमा आगलागी, ढाई लाखको क्षति

Image
file photo

अत्तरिया- कञ्चनपुरको एक घरमा आगलागी भएको छ । सोमबार जिल्लाको वेदकोट नगरपालिका-१ रडाहाकी कलावती पालको टायलले छाएको कच्ची घरको माथिल्लो तलामा आगलागी भएको हो ।

navjiwan hospital

प्रहरीका अनुसार बिजुलीको तार सर्ट हुन गई आगलागी हुँदा घरभित्र रहेका अन्नपात, भुसा, काठ लगायतका सामानहरु गरी अन्दाजी २ लाख ५० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

attariya hospital

प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।