खाेज्नुहाेस

धनगढीमा लागेको बालचलचित्र महोत्सव सम्पन्न

Image

धनगढी- धनगढीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ आइतबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसँगै विभुता सिटौलाद्धारा निर्देशित बालचलचित्र ‘शिलावाला’ उद्घाटन समारोहमा प्रदर्शन गरिएको थियो ।

attariya hospital
navjiwan hospital

महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको छ । महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासँग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए ।

बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गर्ने, चलचित्र मार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने, चलचित्र मार्फत बालबालिकाहरुको भावना, धारणा र व्यवहारमा परिस्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक रहेको बोर्डका सदस्य सचिव राजेश थापाले बताए ।

बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।