खाेज्नुहाेस

देशभर फैलियो मनसुनी प्रणाली

Image

काठमाडौँ- मनसुनी प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर मनसुनी प्रणाली देशभर फैलिएको जानकारी गराएको हो ।

navjiwan hospital

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ । जुन १० तारिख अर्थात् गत जेठ २८ गते देशको पूर्वी भू–भागबाट मनसुन नेपाल प्रवेश गरेको थियो ।

attariya hospital

असार ६ गते कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा सक्रिय भएको मनसुन अब कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा पनि पुगेको हो ।