
काठमाडौँ- सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । आज सुन एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


















