खाेज्नुहाेस

उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

Image

एजेन्सी – पर्यटक बोकेर भारतको गुरुग्रामबाट उत्तराखण्डका लागि हिडेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

navjiwan hospital

‘गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ–चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११.३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो’ रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने, ‘साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन ।’

attariya hospital

यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो ।