खाेज्नुहाेस

गोदावरी – १० मा मेयर कप क्रिकेट प्रतियोगिता सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबारबाट स्थानिय न्यू सितापुर युवाक्लबको आयोजनामा प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको हो ।

शनिबार एक कार्यक्रमका बिच प्रतियोगिताको शुभारम्भ गरिएको छ । क्लबका अध्यक्ष श्याम स्वाँर को सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए । कार्यक्रममा बोल्दै उनले वडाको विकासका लागि आफु सदैव अग्रसर रहेको बताए । उनले वडामा एकता नभई विकास नहुने भएकाले वडाबासी सबै एकजुट हुन आवश्यक रहेको बताए ।

attariya hospital
navjiwan hospital

‘हामीलाई विकास चाहिएको हो, वडामा आवश्यक भएका शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा जुन सुकै पार्टीले पनि काम गर्छ वडाबासी सबै सोही पार्टीको भएर बस्न तयार रहनुपर्दछ’ उनले भने ‘विकासका हरेक कुराहरुमा आपसी एकता हुन जरुरी छ, एकतामा नै बल हुने भएकाले एकताले नै विकासका कार्यहरु ल्याउन सकिन्छ ।’

उनले वडाबासीहरुलाई एकअर्काको सुखदुखमा साथ दिने वातावरण बनाउन आग्रह गरे । उनले वडामा लागुऔषध मुक्त गर्नका लागि पनि सबैले लाग्नुपर्ने बताए । उनले सिमानाका नजिकै भएकाले यहाँ लागुऔषधका घटनाहरु बढ्न सक्ने भन्दै त्यस्ता कुराहरुको न्यूनिकरणमा पनि एकता जरुरी भएको बताए ।

क्लबका अध्यक्ष श्याम स्वाँर ले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्ने वातावरण नआओस भन्नका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले अहिलेको परिस्थीतिमा लागुऔषधको जालो बढीरहेकाले क्लब तथा वडाका युवायुवतीहरुलाई त्यसबाट टाढा राख्न यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्न जरुरी रहेको बताए । नगरको ढाई लाख सहयोग मा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ५ गतेसम्म सञ्चालन हुने बताईएको छ । दिवंगत भएका स्थानिय युवाद्धय लक्ष्मण भुल र सुमित जैगडीको सम्झनामा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।