खाेज्नुहाेस

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

Image

अछाम – अछामको एक स्वास्थ्य चौकिको फ्रीजमा बियरका बोतल राखेको पाइएको छ ।

अत्यावस्यक खोप लगायतका स्वास्थ्य सामग्री राख्न प्रयोग गरिएको जिल्लाको मष्टाबण्डाली स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल राखेको भेटिएको हो ।

attariya hospital
navjiwan hospital

कमलबजार नगरपालिका–९ मष्टाबण्डाली स्वास्थ्य चौकीमा स्थानीयको एक समूहले गएर हेर्दा ‘फ्रिज’ मा तीन वटा बियरका बोतल राखेका पाइएको बताइएको छ ।

उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीले बियरका बोतल राखेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय अगुवाले बताए। स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा आएपछि चौतर्फी विरोध भएको छ । बियरका बोतल राख्नमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ ।

स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख चक्र बहादुर विष्टले जानकारी दिए । केही समयअघिबाट नै स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल राख्ने गरेको कुराहरू बाहिरिँदै आएको बताइएको छ ।