धनगढी – भारतबाट आयात हुने दुध पुर्ण रुपमा रोक्न माग गरिएको छ । नेपाल किसान महासंघ कैलालीले भारतबाट कैलाली आयात हुने दुध रोक्न माग गरेको हो ।

बिहिवार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै संघले भारतबाट दुध आयात भईरहेको विषयमा प्रभावकारी अनुगमन तथा छानविन गरिनुपर्ने बताएको छ ।

महासंघले दुग्ध किसानको दुधको वक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने र दुध गरिद गरेको एक हप्ताभित्र किसानले भुक्तानी पाउने व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने पनि माग गरेको छ ।
















