अत्तरिया – डोटीको पुर्वीचौकीमा एक पुरुषको शव फेला परेको छ ।
मंगलबार पुर्वीचौकी गाउँपाकिला – २ रिखाडा स्थित बाराही देवी आधारभुत बिद्यालय जाने बाटोमा स्थानीय अन्दाजी ५०÷५२ वर्षीय मान बहादुर साउँदको शव फेला परेको हो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।