खाेज्नुहाेस

चोरी मुद्दामा फरार कैलालीकी विमलासहित ३ जना पक्राउ

Image

अत्तरिया- चोरी मुद्दामा फरार रहेकी कैलालीको धनगढी उपमहानगरपालिका-२ बस्ने ३५ वर्षकी विमला खड्कासहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विमलालाई जिल्ला अदालत कैलालीको फैसलाले २ वर्ष कैद सजाय सुनाएको थियो ।

navjiwan hospital

त्यसैगरी चोरी मुद्दामै १ महिना कैद सजाय, ५ हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी-१३ बस्ने मोहन खाती र वन मुद्दामा ११ हजार ६८० रुपैयाँ जरिबाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षका महेन्द्र विक पक्राउ परेका छन् ।

attariya hospital

जिल्ला अदालत कैलालीको फैसलाले जरिबाना ठहर भई फरार रहेका तीनै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ ।