अत्तरिया– अछाममा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय कमलबजारले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०७९ को एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक प्राप्त गर्ने रंगा देवी चलाउनेका छोरा योगेश चलाउनेलाई नगद रु. २ हजार १ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


केन्द्र नं. ३५ की प्रमुख चक्रा कुमारी रावतको अध्यक्षता तथा भुमिशरण ढकाल बजगाईको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा प्रहरी कार्यालय कमलबजारका प्रहरी सहायक निरीक्षक भिम बहादुर शाहि, डिप्रोक्सका प्रदेश कार्यालयका प्रदेश प्रमुख निल राज ढकाल, प्रभु बैंक शाखा कार्यालय कमलबजारका शाखा प्रबन्धक रघुनाथ उपाध्याय, शाखा कार्यालय मंगलसेनका शाखा प्रबन्धक डिल बहादुर शाहि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति कमलबजार नगरपालिकाका पुर्व उप प्रमुख भुमिसरण ढकाल बजगाई ले लघुवित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकोले यसमा सम्पुर्ण केन्द्रहरुका सदस्यहरुको सहयोग हुन जरुरी रहेको बताए । ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख भिम बहादुर शाहीले हाल देशमा वित्तीय संस्थाका विरुद्धका बारेमा भइरहेका नराम्रा कुराहरुको हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन । उनले हल्लाका पछि लाग्नुभन्दा पनि स्वयम् सर्तक रहन सदस्यलाई आग्रह गरे । त्यसका साथै आधिकारीक बैंक तथा वित्तीय संस्थाको सुरक्षाको लागि २४ घण्टै प्रहरी तयार रहेको उनले बताए ।
त्यस्तै संस्थाका प्रदेश प्रमुख निलराज ढकालले लघुवित्तबाट प्रदान भइरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा बृद्धि गर्न सदस्यहरुलाई आग्रह गरे । उनले हाल देशमा वित्तीय संस्थाका विरुद्धका बारेमा भइरहेका नराम्रा कुराहरुको हल्लाका पछाडि नलाग्न पनि अनुरोध गरे । उनले सदस्यहरुका गुनासो तथा सुझवहरुको संकलन गर्नुका साथै आगामि दिनमा यस्तै कार्यक्रम निरन्तर गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।
डिप्रोक्सका कमलबजार शाखा प्रमुख लोक ब. साउदले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शाखामा कार्यरत कर्मचारी जनकराज अधिकारीले गरेका थिए ।


















