
अत्तरिया- अछाममा हराएका बालक भेटिएका छन् । बाजुराको त्रिवेणी नगरपालिका-४ तोली बस्ने वीरबहादुर सार्कीका छोरा १४ वर्षीय पारस सार्की हिजो भेटिएका हुन् ।
प्रहरीका अनुसार उनी गत चैत १९ गते साँफेबगरबाट हराएका थिए । पारसलाई हिजो अछामको साँफेबगर नगरपालिका-४ छिपेखोला बजारमा फेला पारी उनकी आमा अमृता सार्कीको जिम्मा लगाइएको इलाका प्रहरी कार्याय साँफेबगरले जनाएको छ ।



















