खाेज्नुहाेस

व्यवसायीक वातावरण सर्वेक्षणमा गोदावरी चौथो

Image

अत्तरिया – व्यवसायीक वातावरण सर्वेक्षण (विसिएस) मा कैलालीको गोदावरी नगरपालिका चौथो नम्बरमा पर्न सफल भएको छ । जिआईजेडको ग्रेप परियोजना अन्र्तगत काम भैरहेका १९ पालिकाहरु मध्ये गोदावरी चौथो नम्बरमा पर्न सफल भएको हो ।

विभिन्न ८ वटा सुचकहरुलाई आधार मानी गरिएको सर्वेक्षणमा गोदावरीले ५४ अंक प्राप्त गरेको छ । गोदावरी भन्दा अगाडी हुम्लाको सिमकोट गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका रहेका छन । सिमकोटले ६० अंक प्राप्त गरेको छ भने अमरगढीले ५५ र धनगढीले ५४ अंक प्राप्त गरेको छ । उक्त सर्वेक्षणमा सुदूरपश्चिमका मात्रै १० वटा पालिकाहरुलाई सहभागि गराईएको थियो । सर्वेक्षणमा सहभागी हुने पालिकाहरुमा बाजुराका हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका तथा स्वामिकार्तिक खापर गाउँपालिका रहेका छन । यस्तै कैलालीबाट गोदावरी र धनगढी सहित चुरे गाउँपालिका पनि रहेको छ भने डोटीबाट बडीकेदार र जोरायल गाउँपालिका रहेका छन । सर्वेक्षणमा डडेल्धुराबाट पनि आलिताल गाउँपालिका र अमरगढी नगरपालिका गरी दुई ओटा पालिकाहरु सहभागि रहेका थिए । उक्त सर्वेक्षणमा कर्णाली प्रदेशका ९ वटा पालिकाहरु समावेश थिए । जसमा दैलेखका ४, सुर्खेतका ३ र हुम्लाका २ वटा पालिकाहरु रहेका छन ।

add everest academy
attariya hospital

आठ ओटा सुचकहरुमध्ये गोदावरीले स्थानिय आर्थिक कार्यसम्पादनमा १०० मा ३७ (मध्य मानक २९, स्थानीय आर्थिक सुशासनमा १०० मा ६३, (मध्य मानक ४६, पूर्वाधारमा १०० मा ५२ (मध्य मानक ४३ , व्यावसायिक गतिशिलतामा १०० मा ६२ (मध्ये मानक ५०, दिगोपन र जलवायु उत्थानशिलतामा १०० मा ४२ (मध्य मानक ३१), व्यावसायिक भावनामा १०० मा ५९ (मध्य मानक ५९) र जलवायु– स्मार्ट शासनमा १०० मा ३८ (मध्य मानक ४१) अंक प्राप्त गरेको छ । गोदावरीले व्यवसायीक सेवाहरुमा भने १९ वटै पालिकाहरुमध्ये सबैभन्दा बढी १०० मा ७६ (मध्य मानक २०) अंक प्राप्त गरेको छ ।

सर्वेक्षणले प्रत्येक सूचकहरुका लागि अलग्गै मध्य मानक राखेको छ । जसले उक्त सूचकको बिचको अवस्थाको चित्रण गरेको ग्रेप परियोजनाका कलस्टर संयोजक गणेश प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार उक्त मध्य मानक भन्दा बढी अंक देखिएको खण्डमा उक्त सूचकमा पालिका राम्रो रहेको र कम भएको खण्डमा अझै सुधार गर्नुपर्ने अवस्था रहेको बुझ्न सकिन्छ ।

navjiwan hospital

के हो विसिएस

attariya technical collage

समाजको कुनै पनि क्षेत्रले आर्थिक रुपमा कति राम्रो गरिरहेको छ र त्यसबाट अर्थतन्त्र कसरी व्यवस्थीत भईरहेको छ भनेर मापन गर्ने महत्वपुर्ण साधनलाई व्यवसायीक वातावरण सर्वेक्षण (बिसिएस) भनिन्छ । यसको परिणामले कुनै पनि स्थानको आर्थिक विकासको मौजुदा स्थिति पहिल्याउनका लागि पनि उपयुक्त सूचकहरु प्रदान गर्छ । सन २०२४ मा जिआईजेडको ग्रेप परियोजनाले कर्णाली र सुदूरपश्चिमका १९ वटा पालिकाहरुको आर्थिक र व्यवसायीक सुझावको मुल्यांकल सहितको सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणकै आधारमा गोदावरी नगरपालिका ति १९ वटा पालिकाहरुमा चौथो नम्बरमा पर्न सफल भएको हो ।

विसिएसले व्यवसाय र लगानी कायम राख्न र ल्याउनका लागि नगरपालिका कति आकर्षण छन भन्ने पहिल्याउने, आर्थिक सुशासनको गुणस्तर कति व्यवस्थीत छ भन्ने बारे जानकारी लिने, लगानी, रोजगारी, व्यापार, कानूनको पालना, दिगोपना तथा जलवायु परिवर्तनप्रतिको लचिलोपनामा नीजि क्षेत्रको प्रर्दशनको मापन गर्ने, नगरपालिकास्तरमा जलवायु–स्मार्ट शासनको मूल्यांकन गर्ने लगायतका कामहरु गर्ने गर्दछ । विसिएसले सन् २०२०÷२१ नमूनाका रुपमा पहिलोपल्ट ११ नगरपालिकामा यो सर्वेक्षण गरेको थियो ।

२०२१÷२०२२ मा सर्वेक्षणको दोस्रो संस्करण लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरी तीन प्रदेशका ४२ नगरपालिकामा सञ्चालन भएको थियो । बिसिएस–२०२४ अन्तर्गत १९ नगरपालिकामा २ हजार ४ सय ७२ उद्यम र सहकारीहरूको अन्तर्वार्ता लिईएको बताईएको छ । उक्त सर्वेक्षणले नगरपालिकाको वास्तविक आर्थिक संरचनालाई प्रतिबिम्बित गर्ने ग्रेप परियोजनाका कलस्टर संयोजक भट्टले जानकारी दिए ।
सर्वेक्षण गरिएका उद्यममध्ये ६७ प्रतिशत व्यापार÷सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन क्षेत्र र २२ प्रतिशत कृषि क्षेत्रसँग सम्बन्धित रहेको उनले बताए । उनले विभिन्न ८ वटा सूचकहरुलाई आधार बनाई व्यवसायी एवम् उद्यमीहरुसँग लिईएको अन्र्तवार्ताको आधारमा सर्वेक्षणको नतिजा तयार पारिएको बताए ।

व्यवसाय गर्नको लागि पालिकामा कस्तो वातावरण छ भन्ने विसिएसको सर्वेक्षणले देखाउने काम गरेको भट्टले बताए । उनले विसिएस सर्वेक्षणद्धारा नगरमा व्यवसायी एवम् उद्यमीको अवस्था, नगरका तर्फबाट हुने गरेका काम कारबाही, उद्यम एवम् व्यवसाय सञ्चालन गर्दाका समस्या, लगानी तथा बजारको अवस्था लगायतका बारेमा जानकारी लिएको बताए ।