खाेज्नुहाेस

बझाङमा रैथाने बाली उत्पादन गर्ने कृषकलाई सम्मान गरिने

Image

बझाङ- बझाङमा रैथाने बाली उत्पादन गर्ने कृषकलाई सम्मान गरिने भएको छ । जिल्लाको सुर्मा गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्धनमा जोड दिँदै रैथाने बाली उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने भएको हो ।

navjiwan hospital

पालिकाले कृषकहरुलाई रैथाने बालीहरू सोइटा, सिमी, जौ, कोदो, फापर, कागुनो जस्ता पौष्टिकयुक्त अन्नबाली उत्पादन गर्न आग्रह गर्दै उत्कृष्ट किसान छनोट गरी सम्मान गर्ने जनाएको छ । स्वास्थ्यका लागि फाइदाजनक रहेका यी बालीहरुको बजार सम्भावना पनि राम्रो रहेकाले अत्पादनमा वृद्धि गरी आयआर्जन बढाउन भनिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

पालिकाका विद्यालयहरुमा दिवा खाजा अन्तर्गत दालहरू समेत स्थानीय उत्पादनमा आधारित रहने भएकाले पालिकाले रैथाने बाली संरक्षण सम्बद्र्धन गर्न कृषकहरुलाई बिउका साथै अन्य आवश्यक सामग्री समेत प्रदान गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद जोशीले बताए ।

सुर्मा गाउँपालिका पूरै रैथाने बाली उत्पादन हुने क्षेत्र रहेकाले अनुमानित ८ हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, सिमी, जौ लगायतका खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।