खाेज्नुहाेस

अछाममा फेसबुकबाट जिस्क्याउने तथा गाली गर्ने युवक पक्राउ

Image

अत्तरिया- अछाममा प्रहरीले साइबर अपराधमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत जिस्क्याउने तथा गाली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनले फेसबुकबाट जथाभावि अश्लिल शब्द प्रयोग गरी गाली गर्ने, जिस्क्याउने, हैरानी दिने गरेका थिए । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी विद्युतीय कारोबार ऐन २०६३ बमोजिम अनुसन्धान भइरहेको छ ।

attariya hospital

पक्राउ परेका युवकको परिचय भने प्रहरीले खुलाएको छैन ।