खाेज्नुहाेस

गोदावरी नगर स्तरीय डान्स कम्पीटिसन हुने

Image

अत्तरिया – कैलालीको गोदावरी नगर स्तरीय डान्स कम्पीटीसन हुने भएको छ । वन व्ये डान्स क्याम्पको आयोजनामा गोदावरी नगर स्तरीय प्राथमिक स्कुल एकल नृत्य प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा गोदावरी नगर भरीका कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीको सहभागिता रहने मंगलबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै वन व्ये डान्स क्याम्पका सञ्चालक नरेश नेपालीले साना बालबालिकाको प्रतिभा बाहिर ल्याउनको लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘विभिन्न नृत्य प्रतियोगिता हुने भए पनि त्यसमा साना बालबालिकाहरूले अवसर पाएका हुँदैनन्’ उनले भने ‘सानै देखि बालबालिकाको अवसर पाउन भन्नको लागि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौ ।’ उनले प्रतियोगिताको अडिसन विद्यालयहरूमै हुने बताए ।

attariya hospital
navjiwan hospital

चार राउन्डमा हुने प्रतियोगितामा छनोट भएका १ सय जनालाई कोरियोग्राफरद्धारा ट्रेनिङ दिएर अन्तिम ५ जना छनोट गरै विजेता छनोट गरिने जनाइएको छ ।

नगर स्तरीय डान्स कम्पीटीसनमा प्रथम हुनेलाई २० हजार १५१, दोस्रो हुनेलाई १० हजार १५१ र तृतीय हुनेलाई ५ हजार १५१ पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाली गीतमा मात्रै नृत्य गर्न पाइने, आइटम गीतहरूमा नृत्य गर्न नपाइने, गीत २ मिनेट ३० सेकेन्ड भन्दा बडी हुनुपर्ने सर्त राखिएको छ ।

त्यस्तै डान्स कम्पीटिसनमा उत्कृष्ट भएका ५ जनालाई ३ महिना सम्म वन व्ये डान्स क्याम्पमा ३ महिना सम्म फ्रि डान्स सिकाइने वन व्ये डान्स क्याम्पका सञ्चालक नेपालीले बताए । यस्तै डान्स कम्पीटिसनमा टप टेन सम्म पुगेकालाई एक दिने सामाजिक अवलोकन भ्रमण गराइने बताए ।