डडेल्धुर – डडेल्धुरामा श्रीमानले बन्चरो प्रहार गर्दा घाइते भएकी ३८ बर्षिया डम्मरी देवि देउवाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–२ मटेलाका ४२ बर्षिया कर्ण बहादुर देउवाले मंगलबार आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी डम्बरीको धनगढी स्थिति मायामेट्र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

श्रीमान–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनका श्रीमानलाई नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् ।

















