खाेज्नुहाेस

वनमा लागेको आगोबाट अछामको एक पोल्ट्रीफार्ममा आगलागी

Image
file photo

अत्तरिया- अछामको एक पोल्ट्रीफार्ममा आगलागी भएको छ । ढकारी गाउँपालिका-८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्ट्रीफार्ममा आगलागी भएको हो ।

navjiwan hospital

त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोबाट आइतबार फार्ममा आगलागी भएको बताइएको छ । आगलागीबाट फार्ममा रहेका ४३ दिनका १२०० ब्रोइलर कुखुरा, २ क्विन्टल कुखुराको दाना, लत्ताकपडा र पोल्ट्रीफार्म पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

attariya hospital

आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।